कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ५)

मौसमी सारांश

  • गत साता देशका अधिकांश केन्द्रहरुमा हल्का देखि भारी वर्षा मापन गरिएको भने सबैभन्दा बढी कोशी प्रदेशको संखुवासभा जिल्लामा रहेको नुम केन्द्रमा  ३२९. मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ । लुम्बिनी प्रदेश सुदूर-पश्चिम प्रदेशका एक-दुई तराईका स्थानहरुमा ४०. डि.से भन्दा बढी तथा अन्य तराईका अधिकांश स्थानहरुमा ३५. डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको भने लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा रहेको भैरहवा एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी ४०. डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ । गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम . डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ ।
  • यो साता स्थानीय वायु पश्चिमी वायुको प्रभाव रहने देखिन्छ। साताको शुरुमा बङ्गालको खाडी अरब सागरबाट भित्रिने जलवाष्पयुक्त तथा साताको मध्य अन्त्यमा बङ्गालको खाडीबाट भित्रीने जलवाष्पयुक्त हावाको समेत प्रभाव रहने देखिन्छ ।
  • देशको उच्च पहाडी तथा हिमाली भू-भागः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेशमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना सम्भावना छ। कर्णाली प्रदेश सुदुरपश्चिम प्रदेशमा साताको शुरू अन्त्यमा एक-दुई स्थानमा तथा मध्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।
  • देशको पहाडी भू-भागः साताभर थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेशमा साताको शुरूमा एक-दुई स्थानमा तथा मध्य अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै साताको मध्यमा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश सुदुरपश्चिम प्रदेश तथा साताको मध्य अन्त्यमा कोशी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ ।
  • तराई भू-भागः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेशमा साताको शुरुमा एक-दुई स्थानमा तथा मध्य अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदुरपश्चिम प्रदेशमा साताको शुरू अन्त्यमा एक-दुई स्थानमा मध्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै साताको मध्यमा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश सुदुरपश्चिम प्रदेश साताको मध्य अन्त्यमा कोशी प्रदेश मधेश प्रदेश एक-दुई स्थानमा भारी बर्षाको पनि सम्भावना छ ।

ृषि सारांश

  • यो साता स्थानीय वायु र पश्चिमी वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिने जलवाष्पयुक्त तथा साताको मध्य र अन्त्यमा बङ्गालको खाडीबाट भित्रीने जलवाष्पयुक्त हावाको समेत प्रभाव रहने र पहाडी तथा तराई भू-भागको एक-दुई स्थानमा भारी बर्षाको सम्भावना रहेकाले मकैबाली, तरकारी तथा फलफुल बगैंचामा पानी निकाशको उचित प्रबन्ध गर्नुहोस् । साथै पाकिसकेको गहुँ भित्र्याउँदा खेतमा नछाड्ने गरी मौसमको अवस्था हेरी गहुँ भित्र्याउनुहोस् ।
  • गहुँको दानामा चिस्यानको मात्रा १०-१२ प्रतिशत कायम हुने गरी सुकाएर हावा नछिर्ने भाँडाहरु जस्तै- घ्याम्पो, सीड बिन, आधुनिक ब्यागहरुमा भण्डारण गर्नुहोस् गोदामलाई अघिल्लो बालीको अन्न तथा अन्य भण्डारण सामग्री हटाएर राम्ररी सफा गर्नुहोस् साथै, भण्डारणका लागि प्रयोग हुने बोरालाई % नीमको घोल अथवा मालाथियन .२५% को घोलले बोरा उपचार गरी घाममा सुकाएर मात्र प्रयोग गर्नुहोस् यसले रोग कीराहरूका विभिन्न अवस्थाहरु नष्ट हुन्छन्
  • मध्यपहाडी जिल्लाहरुमा लगाईएको आलु मौसमको अवस्था हेरी खन्नुहोस् खनेको आलुलाई घाम नपर्ने, हावा खेल्ने ठाउँमा राम्ररी फिजाएर राख्नुहोस् साथै स्वस्थ रोगि आलुका दानाहरुलाई छुट्टैछुटै भण्डारण गर्नुहोस्
  • आलुको पुतली (जोताहा कीरा) ले सामान्यतया भण्डारणमा असर गर्ने भएतापनि आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने भण्डारणमा असर गर्ने भएकोले खन्ने समयमा ध्यान पुर्याउनुहोस्
  • वर्षे फलफूल वगैँचा स्थापनाका लागि छनोट गरिएको जमिनमा सिफारिस अनुसार खाडल तयारी गरी गुणस्तरीय विरुवाको श्रोत सुनिश्चित गर्नुहोस्
  • स्ट्रबेरीको पात थोप्ले रोग व्यवस्थापनको लागि ग्राम क्लोरथालोनिल प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा - पटकसम्म सम्पूर्ण बोट भिज्नेगरी छर्केर उपचार गर्नुहोस्
  • बाह्य परजीवीहरू (जुम्रा, किर्ना, उपियाँ, जुम्रा आदि) ले बाख्राको स्वास्थ्यलाई गम्भीर असर पार्न सक्छन्। यी परजीवीहरूबाट बाख्रालाई जोगाउन डिपिङ विधि अपनाउनुहोस्
  • प्रि-मनसुनको समयमा हुने तापीय आघात (thermal shock) तथा हावाहुरी, असिना पानीबाट बचाउन माछापोखरीमा पानीको गहिराई कम्तीमा . मिटर कायम राख्नुहोस्
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।