कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक १२)

मौसमी सारांश:

  • गत साता देशका अधिकांश केन्द्रहरुमा हल्का देखि अति भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा ४७४.१ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेश केही तराईका स्थानहरुमा, लुम्बिनी प्रदेशका थोरै तराईका स्थानहरुमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका एक दुई स्थानहरुमा ३५.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने बाग्मती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा रहेको बाह्रबिसे केन्द्रमा सबैभन्दा बढी ३६.६ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १०.२ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साता देशैभर मनसुनी वायूको प्रभाव रहने देखिन्छ। 
  • उच्च पहाडी तथा हिमाली भू-भागः सबै प्रदेशको केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
  • पहाडी भू-भागः सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साताको शुरूमा सबै प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा मध्य र अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
  • तराई भू-भागः साताको शुरूमा कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा साथै पश्चिमी तराईमा साताभर एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
  • यो साता देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना रहेको छ।
  • औसत संगको तुलना गर्दाः कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा औसत भन्दा कम वर्षा हुने तथा औसत भन्दा बढी अधिकतम तापक्रम हुने सम्भावना रहेको छ। सबै प्रदेशमा न्यूनतम तापक्रम औसत भन्दा बढी रहने सम्भावना रहेको छ।

कृषि सारांश

  • भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरुमा मकैबाली, तरकारी तथा फलफूल बगैंचा लगायत प्लास्टिक घर, पशुपन्छीका खोर- गोठहरु वरिपरी पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुहोस्।
  • रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर (Butachlor 5%G) २.० के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धानरोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा प्रयोग गर्नुहोस् अथवा प्रेटिलाक्लोर (Pretilachlor 50% EC) २५ लिटरमा पानीमा ५० एम.एल.को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ३४ एम.एल.को दरले एक कट्ठामा धानरोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
  • सबै किसिमका फलफूल तथा तरकारी बालीहरुमा बिषादी राख्नैपर्ने भएमा मौसमको अवस्था हेरी (कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी) विषादी नछर्नुहोस्। वर्षातको समयमा विषादी छर्कनै पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कदा विशेष सावधानी अपनाउनुहोस्।
  • सुन्तलाजात तथा वर्षे फलफूल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय विरुवा रोप्नुहोस्। बिरुवा रोप्दा जमिनबाट १ फिट उँचो बनाइ, ग्रफ्टिङ गर्दा जोडिएको जोडिएको भाग माटोले नपुरिने गरि सार्नुहोस्।    
  • उच्चपहाडमा परिपक्क भइसकेको आलुबाली मौसमको अवस्था हेरी खन्नुहोस्।
  • खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग व्यवस्थापनको लागि पानीको निकासको उचित प्रवन्ध मिलाउनुहोस्। रोगी बोटहरु हटाउनुहोस्। प्रकोप बढि भएमा कपरयुक्त विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई ७-१० दिनको फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
  • प्लाष्टिक घरमा खेती गरिएको गोलभेँडामा पात खन्ने कीराले क्षती धेरै गरेमा क्लोरएन्ट्रानिलिप्रोल १८.५% एस.सी. वा स्पिनोस्याड ४५% एस.सी., १ एम.एल. प्रति ३ लिटर पानीमा मिसाएर छर्नुहोस्। एउटै बिषादी निरन्तर प्रयोग नगरी आलोपालो प्रयोग गर्नुहोस्।
  • गोलभेँडा तथा लहरे बालीमा डढुवा रोगको अनुकूल वातावरण भएकोले मेन्कोजेवयुक्त विषादी २. ग्राम प्रति लिटर पानीमा घोलेर बोटको सम्पूर्ण भाग भिज्नेगरि दिनको अन्तरमा - पटक छर्नुहोस्।
  • हाल देशका विभिन्न स्थानमा गाई-भैँसीमा लम्पी स्किन रोग सुङ्गुर, बङ्गुरमा अफ्रिकन स्वाईन फिभर रोग देखा परिरहेको हुँदा आवश्यक जैविक सुरक्षाका उपायहरु अपनाई लम्पी स्किन रोग विरुद्धको उपलब्ध खोपहरु लगाउनुहोस्।
  • पशुहरुमा लाग्ने खोरेत रोग विरुद्धको उपलब्ध खोपहरु लगाउनुहोस्।
  • भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरुका माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। धमिलो पानी मिसिन गएमा परजीवि लाग्ने संभावना भएकोले ३% नुनपानीले बाथ गराउनुहोस्।
  • वर्षातको समयमा माछापोखरीको पानीको पि.एच. लाई सन्तुलन राख्न समय-समयमा मापन गर्नुहोस्। पानीको पि.एच. ६.५ भन्दा कम भएमा चून १५ के.जी. प्रति कठ्ठाको दरले प्रयोग गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।