कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक १३)

मौसमी सारांश:

  • गत साता देशका सबै केन्द्रहरुमा हल्का देखि धेरै भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी बागमती प्रदेशको दोलखा जिल्लामा रहेको चरिकोट केन्द्रमा २९१.८  मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेशका अधिकांश स्थानहरुमा, लुम्बिनी प्रदेशका थोरै तराईका स्थानहरुमा तथा गण्डकी प्रदेश र कोशी प्रदेशका एक दुई स्थानहरुमा ३५.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको रौतहट जिल्लामा रहेको गौर केन्द्रमा सबैभन्दा बढी ३७.५ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ।गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ९.६ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साता देशैभर मनसुनी वायूको प्रभाव रहने देखिन्छ। 
  • उच्च पहाडी तथा हिमाली भू-भागः सबै प्रदेशको केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। 
  • पहाडी भू-भागः सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा साथै साताको मध्य र अन्त्यमा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
  • तराई भू-भागः साताको शुरूमा कोशी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा साथै मध्य र अन्त्यमा सबै प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
  • यो साता देशभरको अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने सम्भावना रहेको छ। 
  • औसत संगको तुलना गर्दाः औसत भन्दा कम वर्षा हुने तथा औसत भन्दा बढी अधिकतम तापक्रम हुने सम्भावना रहेको छ। सबै प्रदेशमा न्यूनतम तापक्रम औसत भन्दा बढी रहने सम्भावना रहेको छ। 

मनसुन ऋतु २०८२ को अद्यावधिक हावापानी आँकलन

  • A map of nepal with different colored lines

AI-generated content may be incorrect.यस वर्ष नेपालमा मनसुन सरदर भन्दा १५ दिन अघि जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरि असार ६ गते देशभर फैलिएको थियो। मनसुन ऋतु सुरु हुनु अगावै जेठ ७ गते जल तथा मौसम विज्ञान विभागबाट नेपालको यस वर्षको मनसुन ऋतुको ऋतुगत हावापानी आँकलन सार्वजनिक गरिएकोमा हाल जुलाई देखि सेप्टेम्बर सम्मको तीन महिना अवधिको लागि हावापानी आँकलन अध्यावधिक गरिएको छ। हालसम्म प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार जुन महिनामा भएको वर्षा सरदरको ९९% रहेको छ। जुलाई देखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनाको अवधिमा मधेश प्रदेशका दक्षिणी भू-भागमा सरदर भन्दा कम, कोशी प्रदेशका दक्षिणी भू-भागमा सरदर र देशका बाँकी भू-भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको छ।

 

कृषि सारांश

  • मधेश प्रदेशमा यस वर्षको मनसुन ऋतुको जुन महिनामा औसत भन्दा कम वर्षा मापन भएको साथै जल तथा मौसम विज्ञान विभागबाट अध्यावधिक गरिएको ऋतुगत आँकलन अनुसार जुलाई देखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनाको अवधिमा मधेश प्रदेशका दक्षिणी भू-भागमा सरदर भन्दा कम वर्षा हुने संभावना रहेकोले वर्षातको पानी संकलन (Rain water harvesting) गर्न स-साना पोखरी, ट्याङ्की आदीमा संकलन गरी सुख्खाको समयमा आवश्यकता अनुसार प्रयोग गर्नुहोस्।
  • रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी प्रेटिलाक्लोर (Pretilachlor 50% EC) २५ लिटरमा पानीमा ७५ एम.एल.को दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ५१ एम.एल.को दरले एक कट्ठामा धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फेन नोजलको सहायताले स्प्रे गर्नुहोस्।
  • सुख्खा छरुवा धानमा साथै रोपेको धानमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक (Bispyribac Sodium 10 % SC)  २५ लिटर पानीमा १२ मिलीलीटरको दरले एक रोपनीमा वा १७ लिटर पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा फ्लाट फ्यान नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
  • सुन्तलाजात तथा वर्षे फलफूल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय विरुवा रोप्नुहोस्। बिरुवा रोप्दा जमिनबाट १ फिट उँचो बनाइ, ग्रफ्टिङ गर्दा जोडिएको जोडिएको भाग माटोले नपुरिने गरि सार्नुहोस्।    
  • उच्चपहाडमा परिपक्क भइसकेको आलुबाली मौसमको अवस्था हेरी खन्नुहोस्।
  • आलुको पुतलीका लागि अनुकूल मौसम भएकोले स्थानीय रुपमा घरमा नै भण्डारण गरेको आलुमा यसबाट हुने क्षति कम गर्न बोझोको धुलो २ ग्राम प्रति के.जी. आलुका दरले प्रयोग गर्नुहोस्।
  • मध्य पहाडी जिल्लाहरुमा काउलीको अगौटे जातहरु-सिल्भर कप ६०, ह्वाइट टप, सुपर ह्वाइट टप, तराई १ र तराई २ को नर्सरी राख्नुहोस्।
  • खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग व्यवस्थापनको लागि पानीको निकासको उचित प्रवन्ध मिलाउनुहोस्। रोगी बोटहरु हटाउनुहोस्। प्रकोप बढि भएमा कपरयुक्त विषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई ७-१० दिनको फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
  • गोलभेँडा तथा लहरे बालीमा डढुवा रोगको अनुकूल वातावरण भएकोले मेन्कोजेवयुक्त विषादी २. ग्राम प्रति लिटर पानीमा घोलेर बोटको सम्पूर्ण भाग भिज्नेगरि दिनको अन्तरमा - पटक छर्नुहोस्।
  • हाल देशका विभिन्न स्थानमा गाई-भैँसीमा लम्पी स्किन रोग सुङ्गुर, बङ्गुरमा अफ्रिकन स्वाईन फिभर रोग देखा परिरहेको हुँदा आवश्यक जैविक सुरक्षाका उपायहरु अपनाई लम्पी स्किन रोग विरुद्धको उपलब्ध खोपहरु लगाउनुहोस्।
  • पशुहरुमा लाग्ने खोरेत रोग विरुद्धको उपलब्ध खोपहरु लगाउनुहोस्।
  • माछापालन गर्ने कृषकहरुले आफ्नो व्यवसायलाई दैवी प्रकोपबाट हुने आर्थिक क्षतीको न्यूनीकरण गर्न माछाको बीमा गर्नुहोस्। थप जानकारीको लागि नजिकैको गाउँपालिका, नगरपालिका र सम्वन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रमा सम्पर्क गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।