कृषि मौसम सल्लाह बुलेटिन (वर्ष-१२ अंक २५)

मौसमी सारांशः

 

  • गत साताको सुरुमा बङ्गालको खाडीमा विकसित गहिरो न्यून चापीय क्षेत्रको प्रभावका कारण मनसुनी वायुका साथै पश्चिमी वायुको कारण देशभर वर्षा मापन भएको छ। लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै केन्द्रहरूमा ३००.० मिलिमिटरभन्दा बढी र देशका अन्य केन्द्रहरूमा ५०.० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। देशका अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात भएको छ। देशभरमा वर्षा मापन भएका अधिकांश केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन भएको छ। वर्षाको कारण गत साता देशका अधिकांश केन्द्रहरूमा साप्ताहिक औसत अधिकतम तापक्रम र धेरै केन्द्रहरूमा न्यूनतम तापक्रम दुबै सरवरभन्दा कम मापन भएका छन्।
  • देशभर मनसुनी वायु, पश्चिमी वायु तथा स्थानीय वायुको आशिक प्रभाव रहनेछ।
  • हिमाली भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताभर बोरै स्थानमा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा थोरै स्थानमा तथा साताको सुरुमा एक-दुई स्थानमा साथै लुम्बिनी प्रदेशमा साताको मध्यमा थोरै स्थानमा तथा साताको सुरू र अन्त्यमा एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
  • पहाडी भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताभर थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा थोरै स्थानमा तथा साताको सुरूमा एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ।
  • तराई भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताभर थोरै स्थानमा, लुम्बिनी प्रदेशमा साताको मध्यमा थोरै स्थानमा तथा साताको सुरू र अन्त्यमा एक-दुई स्थानमा, सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा थोरै स्थानमा तथा साताको सुरुमा एक-दुई स्थानमा साथै मधेश प्रदेशमा साताभर एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ।
  • अधिकतम तापक्रम साताको मध्यमा हल्का घट्‌ने सम्भावना छ। न्यूनतम तापक्रम उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। अधिकतम र न्यूनतम तापक्रम दुबै औसतको आसपास नै रहने सम्भावना छ।

कृषि सारांश:

 

  • भारी वर्षा र हावाहुरीबाट लडेको, पाकेको धानलाई सक्दो चाँडै काटेर, पेश गरी र दाना सुकाइ बिक्री गर्नुहोस्। भिजेर भण्डारण गर्न नमिल्ने धानलाई बिग्रनबाट जोगाउन नजिकको मिलसँग समन्वय गरी बिकी गर्ने वा चिउरा, भुजा बनाइ प्रयोगमा ल्याउनुहोस् ।
  • धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरि राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस् ।
  • धानमा कालोपोके रोग लागेमा रोगग्रस्त बाला संकलन गरी नष्ट गर्ने साथै धानको बाला निस्कने र फूल फुल्ने अवस्थामा गरी दुईपटक टेबुकोनाजोल ५०% डब्लुजी र ट्राइफ्लोक्सिस्ट्रोबिन २५४ डब्लु/डब्लु (Nativo ७५% डब्लु जी) ०.५ ग्राम प्रतिलिटर पानीको घोलमा वा प्रोपिकोनाजोल २५ % ई सी १ एमएल प्रतिलिटर पानीमा घोलेर छर्कनुहोस्।
  • उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरू- मुडुले १, हिमगंगा, तिला, सुर्मा, च्याखुरा, मुनालमध्ये उपलब्ध जातको गणुस्तरीय बीउ (६.० केजी प्रतिरोपनीको दरले) भाइटाभ्याक्स-२०० वा कार्बेन्डाजिमयुक्त विषादी २ ग्राम प्रतिकेजी बीउका दरले उपचार गरेर छर्नुहोस् ।
  • मध्यपहाडमा तितेफापर १, तितेफापर २ र मिठेफापर १ जस्ता सिफारिस जातका फापर लगाउन सुरू गर्नुहोस्।
  • हावाहुरीको कारण ढलेका उखुलाई उठाइ ४-५ वटा लाँक्रालाई एकीकृत गरी डोरीले बाँध्नुहोस् ।
  • तीनपाते सुन्तलाको बीउ नर्सरीमा जमाउन सुरू गर्नुहोस्।
  • स्याउको व्यावसायिक गुणस्तर कायम राख्न फलको रंग, कडापन, बीउको परिपक्वता र जात अनुसारको उचित टिएसएस मावा (जस्तैः रेड/रोयल डेलिसियस १०-११, गोल्डेन डेलिसियस र गाला १२. तथा फुजी १६ डी. ब्रिक्स) जाँच गरेर मात्र फलमा चोट नलाग्ने गरी टिप्नुहोस्। टिपिसकेपछि तुरुन्तै शीतल छहारीमा राखिएका फलहरूलाई राम्रोसँग सफा र ग्रेडिङ गरी, भण्डारण अमता बढाउन क्याल्सियम क्लोराइडले उपचार गरेर खाद्य-उपयुक्त मैनको पातलो तह लगाउनुहोस्। फललाई सुरक्षित राख्ख स्टाइरोफोम जालीमा बेरेर, हरेक तहमा डेकप्लेट राखी १० केजी अट्‌ने ५ प्लाई १६० पिएसआई क्षमताका भेन्टिलेसनयुक्त कार्टुनहरूमा प्याक गरी उपयुक्त ढुवानीका साधनद्वारा जतिसक्दो छिटो गन्तव्यमा पुन्याउनुहोस् ।
  • खुर्सानीमा कोवे रोग व्यवस्थापनको लागी रोगग्रस्त डाँठ तथा फलहरूलाई हटाउनुहोस्। मौसम सुधार भएपछि मात्र क्लोरोधालोनिल विषादी २ ग्राम प्रतिलिटर पानीको दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोटहरू भिज्नेगरी छर्केर उपचार गर्नुहोस्।
  • चाडबाडको समय नजिकिँदै गर्दा पशुचौपायाको ओसारपसारका साथसाथै बेचबिखन पनि बढ्दै जाने हुनाले पशुचौपायामा लाग्ने रोगहरू फैलिने सम्भावना पनि सँगसँगै बढ्छ। तसर्थ बिरामी तथा रोगी पशुचौपायाको बेचबिखन तथा ओसारपसार नगर्नुहोस्।
  • भदौदेखि मंसिरसम्म प्रायः भैसीहरूले बाली खोज्नेहुँदा बाली खोजेको लक्षणहरू (जस्तै अरू पशुमाथि उक्लन खोज्ने, सेप फाल्ने, छटपटाउने, छिनछिनमा पिसाब गर्ने आदि) याद गर्नुहोस्। भैंसीहरूले गाईको जस्तो लक्षण नदेखाई प्रायः सुषुप्त लक्षण देखाउने हुँदा बाली खोजेको समय नगुमाउन राम्ररी अवलोकन गर्नुहोस्।
  • ग्रामीण बा व्यवसायिक रुपमा पलिएका, बयस्क कुखुराहरूलाई रानीखेत रोग बिरुद्ध ND Clone, ND F1 जस्ता एकल खोप वा ND-IB को मिश्रित खोप पिउने पानीमा घोलेर बिहानको समयमा दाना दिनुअघि खुवाउनुहोस्। यसरी पानीमा खोप मिसाई खुवाउँदा, दिईएको खोपयुक्त पानी एक घण्टाभित्र खाईसक्ने गरी दिनुहोस्।
  • वर्षातको पानीले पोखरीको खाद्यतत्व बगाएर कमी हुनसक्ने हुँदा पोखरीको पानीको पारदर्शिता हेरी घाम लागेको समयमा १५ विनको फरकमा १०-१५ केजी कम्पोस्ट मल राख्नुहोस्। यसका अतिरिक्त ७०० ग्राम युरिया र ५०० ग्राम डीएपी प्रतिकठ्ठाका बरले पानीमा घोलि पोखरीको सबैतिर पर्नेगरी ७ दिनको फरकमा प्रयोग गर्नुहोस् ।
  • मौसमसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नेपाल मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
  • कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस् ।