![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: रुपन्देही र नवलपरासी (ब.सु.प)) |
|
कृषि मौसम सल्लाह बुलेटिन (वर्ष-१२ अंक २६)
मौसमी सारांशः
- गत साता देशका अधिकांश स्थानहरूमा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। देशको पूर्वी भू-भागभन्दा पश्चिमी भू-भागमा बढी वर्षा मापन गरिएको छ। देशका केही केन्द्रहरूमा सरदरभन्दा बढी वर्षा मापन भएको छ। सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको टिकापुर केन्द्रमा १९०.५ मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। वर्षा र बदलीका कारण गत साता देशका केही केन्द्रहरूमा सरवरभन्दा कम साप्ताहिक औसत अधिकतम तापक्रम र धेरै केन्द्रहरूमा सरवरभन्दा बढी तापक्रम मापन भएका छन्।
- कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायु तथा कोशी, मधेश, बागमती प्रदेशको सबै भू-भाग र गण्डकी र लुम्बिनी प्रवेशको बाँकी भू-भागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहनेछ।
- हिमाली भू-भागः कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र मध्यमा थोरै स्थानमा तथा साताको अन्त्यमा एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा केही स्थानमा तथा साताको मध्य र अन्त्यमा थोरै स्थानमा साथै लुम्बिनी र कर्णाली प्रदेशमा साताको सुरू र मध्यमा थोरै स्थानमा तथा साताको अन्त्यमा एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ।
- कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका साथै कोशी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
- तराई भू-भागः साताको सुरूमा कोशी प्रवेशमा केही स्थानमा, मध्यमा थोरै तथा अन्त्यमा एक-दुई स्थानमा साथै मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा थोरै स्थानमा तथा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ।
- अधिकतम तापक्रम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। दुबै अधिकतम र न्यूनतम तापक्रम औसतको आसपास नै रहने सम्भावना छ।
मनसुन बहिर्गमन:
- २०८३ असोज १७ गते (३) अक्टोबर २०२६) का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट बाहिरिएको छ।
कृषि सारांश:
- भारी वर्षा र हावाहुरीबाट लडेको, पाकेको धानलाई सक्दो चाँडै काटेर, येश गरी र दाना सुकाइ विक्री गर्नुहोस्। भिजेर भण्डारण गर्न नमिल्ने धानलाई बिग्रनबाट जोगाउन नजिकको मिलसँग समन्वय गरी बिक्री गर्ने वा बिउरा, भुजा बनाइ प्रयोगमा ल्याउनुहोस् ।
- यसअघि नै काटेर खेतमै छोडेको धानको पाँजोलाई अग्लो ठाउँ जस्तै आली, कान्लामा सुकाउनुहोस्। साथै, बाला छिटो सुकाउन नल (पराल) बाट छुट्याउनुहोस् ।
- लडेको धानको बोटलाई चाँधेर खडा गर्नुहोस्। बाँसको खम्बा गाडी त्यसमाथि भिजेको घानको चालालाई सुकाउनुहोस्।
- चुटिसकेको धानलाई हावा आउने ठाउँमा फिजाई पंखाले हावा दिई बेला-बेलामा चलाइ घाममा सुकाउने वा उपलब्ध धान सुकाउने मेशिनहरू प्रयोग गर्नुहोस् ।
- धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस् ।
- घानमा कालोपोके रोग लागेमा रोगग्रस्त बाला संकलन गरी नष्ट गर्ने साथै धानको बाला निस्कने र फूल फुल्ने अवस्थामा गरी दुईपटक टेबुकोनाजोल ५०% डब्लुजी र ट्राइफ्लोक्सिस्ट्रोबिन २५% उब्लु/डब्लु ०.५ ग्राम प्रतिलिटर पानीको घोलमा वा प्रोपिकोनाजोल २५ ४ ई सी १ एमएल प्रतिलिटर पानीमा घोलेर छर्कनुहोस्।
- घानबालीमा बाला पसाएपछि दूध पस्ने/भरिने अवधिमा पतेरो कीराले धेरै नोक्सानी गर्ने भएकोले नियमित अनुगमन गर्नुहोस्। नोक्सानी ज्यादा भएमा साइपरमेचिन १०% इसी १.५ एमएल प्रतिलिटर पानीमा मिसाइ धानको बाला रामरी भिज्नेगरी छर्कनुहोस्।
- उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरू- मुडुले-१, हिमगंगा, तिला, सुर्मा, च्याखुरा, मुनाल तथा जौबालीका सिफारिस जातहरू-मुक्तिनाथ, सोलु उवामध्ये उपलब्ध जातको गणुस्तरीय बीठ (६.० केजी प्रतिरोपनीका दरले। भाइटाभ्याक्स-२०० वा कार्बेन्डाजिमयुक्त विषादी २ ग्राम प्रतिकेजी बीउका दरले उपचार गरेर छर्नुहोस् ।
- मध्यपहाडदेखि उच्चपहाडको लागि सिफारिस गरिएका तोरीको जात, लुम्ले १, मध्यपहाडको लागि प्रगति र सुर्खेत स्थानीय तोरी-३. बेंसीको लागि उन्नति र पितीमध्ये उपलब्ध जात कार्बेन्डाजिमयुक्त विषादी २ ग्राम प्रतिकेजी बीउका दरले उपचार गरेर (०.५ केजी प्रतिरोपनी वा ०.३४ केजी प्रतिकट्ठा बीउका दरले) छर्नुहोस्।
- सुन्तलाजात फलफूलको नर्सरीमा बिजु बिरुवा उत्पावन गर्नको लागि आवश्यक पर्ने बीउ र कलमी बिरुवा उत्पादनको लागि तीनपाते सुन्तलाको बीउ नर्सरीमा जमाउनुहोस्।
- अम्बा, लिची र कागतीलगायत फलफूलहरूमा गुटीबाट तयारी अवस्थामा पुगेका हाँगाहरू मुख्य हाँगाबाट छुट्टपाइ नर्सरी बेडमा अनुकूलनको लागि सार्नुहोस् ।
- तराई, भिवी-मधेश तथा बेंसीमा हिउँदे आलु खेतीका लागि खुमल सेतो-२. खुमल उपहार, खुमल उज्ज्वल, खुमल लक्ष्मी, खुमत्त रातो-२, आइपिवाई-८. कुफ्री सिन्दुरी, डेजीरे, कार्डिनल, एमएस ४२.३ मध्ये उपलब्ध जातको बीउ भरपर्दो स्रोतहरूबाट ८०-१०० केजी पतिकड्डाका दरले हावा खेल्ने ओभानो ठाउँमा फिजाएर हरियो टुसा आउन दिनुहोस्।
- खुर्सानीमा कोचे रोग व्यवस्थापनको लागी रोगग्रस्त डाँठ तथा फलहरूलाई हटाउनुहोस्। मौसम सुधार भएपछि मात्र क्लोरोथालोनिल विषाची २ ग्राम प्रतिलिटर पानीको दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोटहरू भिज्नेगरी छर्केर उपचार गर्नुहोस्।
- खोरेत रोगविरुद्व खोप लगाउने समय भएकोले नजिकैको प्राविधिकसँग सम्पर्क गरी पशुबस्तुलाई समयमै खोप लगाउनुहोस्।
- चाडबाडको समय नजिकिँदै गर्दा पशुचौपायाको ओसारपसारका साथसाथै बेचविखन पनि बढ्दै जाने हुनाले पशुचौपायामा लाग्ने रोगहरू फैलिने सम्भावना पनि सँगसँगै बढ्छ। तसर्थ विरामी तथा रोगी पशुचौपायाको बेचविखन तथा ओसारपसार नगर्नुहोस्।
- ग्रामीण वा व्यवसायिक रुपमा पलिएका, बयस्क कुखुराहरूलाई रानीखेत रोग विरुद्ध ND Clone, ND F1 जस्ता एकल खोप वा ND+IB को मिश्रित खोप पिउने पानीमा घोलेर बिहानको समयमा दाना दिनुअधि खुवाउनुहोस्। यसरी पानीमा खोप मिसाई खुवाउँदा, विईएको खोपयुक्त पानी एक घण्टाभित्र खाईसक्ने गरी दिनुहोस् ।
- वर्षातको पानीले पोखरीको खाद्यतत्व बगाएर कमी हुनसक्ने हुँदा पोखरीको पानीको पारदर्शिता हेरी घाम लागेको समयमा १५ विनको फरकमा १०-१५ केजी कम्पोस्ट मल राख्नुहोस्। यसका अतिरिक्त ७०० ग्राम युरिया र ५०० ग्राम डीएपी प्रतिकठ्ठाका दरले पानीमा घोलि पोखरीको सबैतिर पर्नेगरी ७ दिनको फरकमा प्रयोग गर्नुहोस्।
- मौसमसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नेपाल मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस् ।
- कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन

